‘प्रचण्डले ओली मरेपछि ठूलो भाग खान पाइन्छ भनेर पार्टी एकता गरेका रहेछन्’

काठमाडाैं । नवनियुक्त वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रधानमन्त्री केपी शर्मा ओली मरेपछि ठूलो भाग खान पाइन्छ भनेर पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेकाे आरोप लगाएका छन् ।

‘प्रचण्डले केपी ओली मरेपछि ठूलो भाग खान पाइन्छ भनेर पार्टी एकता गरेका रहेछन् । किनकी उहाँकाे मिर्गौला फेल भएको छ । तर राजनेता ओली अहिलेसम्म ठीक हुनुहुन्छ, प्रम ओलीको वृहत् कार्यकर्ता भेलामा उनले भने, ‘प्रचण्डको त्यो नियत अहिले देखिएको छ । नभए आज किन पार्टी टुक्र्याउनुहुन्थ्यो ?’ 

यस्तै उनले आफू मन्त्री भएपछि विभिन्न सञ्चारमाध्यममा आएका समाचारको कटाक्ष गरेका छन् । आलेलाई तस्करी भनी उल्लेख गरिएका समाचारहरु आएका थिए है । यद्यपी उनले सोही विषयमा मुद्दा खेपेका थिए ।

प्रतिक्रिया