पुष १५ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल पौष १५ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर ३० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–पूर्णिमा,०४ घडी ३२ पला,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–आद्र्रा,३० घडी ५७ पला,बेलुकी ०७ बजेर ०७ मिनेट उप्रान्त पुनर्वशु । योग–ब्रम्ह,२४ घडी १५ पला,बेलुकी ०४ बजेर ३८ मिनेट उप्रँन्त ऐन्द्र । करण–बव,बिहान ०८ बजेर ४५ मिनेट उप्रान्त बालव,बेलुकी ०९ बजेर ०६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २५ घडी ५३ पला । योमरी पुन्ही । तमु ल्होसार । उँधौली पर्व । धान्य पूर्णिमा । गैडु पूजा ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५६ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ५७ मिनेटदेखी बिहान ८ बजेर १३ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर १४ मिनेटदेखी बिहान ९ बजेर ३१ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर ३२ मिनेटदेखी बिहान १० बजेर ४९ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ५० मिनेटदेखी मध्यान्ह १२ बजेर ०६ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर ०७ मिनेटदेखी दिउसो १ बजेर २४ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर २५ मिनेटदेखी दिउसो २ बजेर ४२ मिनेटसम्म चर बेला ।
दिउसो २ बजेर ४३ मिनेटदेखी दिउसो ३ बजेर ५९ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर ०० मिनेटदेखी बेलुकी ६ बजेर ५९ मिनेटसम्म उद्वेग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो १२ बजेर ०६ मिनेटदेखी दिउसो ०१ बजेर २४ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हरेक काममा प्रतिस्पर्धीहरु हावी हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । मोजमस्तिमा मन जाने हुनाले अध्ययन तथा अध्यापनमा पछि परिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका आजको दिन उत्तम नहुन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । दाजुभाई तथा छिमेकिसँग सन्तुलित व्यावहार गर्नुहोला मनमुटाव बढ्न सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त तथा कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने हुनाले मन प्रशन्न रहनेछ । मांगलिक तथा सभा समारोहमा सहभागी भई स्वादिष्ट भोजनका साथ दिन कटाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राम्रा काम गर्न सकिने हुनाले सामाजिक नेतृत्व हात लागी हुने योग रहेकोछ । काममा विशिष्ट व्याक्तिहरुको सहयोग रहनेछ । पढाइ लेखाइलाई सुधार गर्दै वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । प्रियजन भेट हुनुका साथै भौतिक बस्तु उपाहारको रुपमा प्राप्त हुनेछ । बोलीको भरमा चिताएका काम सम्पादन हुने हुनाले आर्थिक रुपमा सुदृड हुन सकिनेछ । राजनीति तथा समाजसेवा गर्नेहरुले जनताको सहयोग पाउने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाती रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढ्न सक्छ । स्वदेशी व्यापार व्यावसायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने विदेशमा उत्पादित वस्तुको व्यापार फस्टाएर जानेछ । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समााचारले मन दुखित तुल्याउनेछ । अन्य काममा व्यास्त रहनाले पढाइ लेखाइमा समय दिन सकिने छैन ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुँदा दैनिकी प्रभावित हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुनेछ भने दाजुभाईसँग घरायसी कुरामा राय बाजिनेछ । उठ्नु पर्ने रकम नउठ्नाले काम हरु समयमा गर्न सकिने छैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । समयको ख्याल नगरे स्वास्थ्य सम्बन्धी समस्य देखिन सक्छ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफ्नो वा आफन्तको स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न सम्पादन हुने छैनन । जिम्मेवारी बढेपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।खव्यावसायिक काममा समय खर्च हने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । अरूका काममा श्रम तथा बुद्धि खर्च भएपनि फाईदा आफैलाई हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मिहिनेतीहरूका लागी समय निकै उत्साहजनक रहनेछ । अरूको काममा समय व्यातित भएपनि फाइदा आफैंलाई हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । फाईदा हुने काम वा जिम्मेवारी तपाईँको काधमा आउनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्य वा समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामप्रति लगनशीलता बढ्ने भएपनि उपलब्धी न्यून हुनेछ । आज गरिने काममा अवरोधको सामना गर्नु पर्नेछ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग राय बाजिनेछ । तरपनि नसोचेको धन सम्पती हात लाग्न सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) माया प्रेममा एका अर्कालाई अबिश्वास गर्नाले मनमुटाव बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा दैनिक काम प्रभावित हुनेछन् । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । साझेदारि व्यावसायमा साझेदार बीच मनमुटाव बढ्नेछ भने घर परिवारमा आफन्तसँग राय बाजिनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा मन नजाने हुनाले प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईंको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रसस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा नाफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगती हुनाले आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । आकस्मिक धन तथा मानव निर्मित भौतिक सम्पती लाभ हुने योग रहेकोछ । सन्तान तथा आफन्तहरुले तपाईंले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउन चाहनेहरुका लागी आजको समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ ,झ,ञ,दे,दो,चा,ची) कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाईने योग रहेकोछ । घरगृहस्थीमा समय खर्चिदा आफन्त तथा परिवारका सदस्य खुशि हुनेछन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आई खर्च बढ्न सक्छ ध्यान दिनुहोला । डुबेको धन उकास्न दौडधूप गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा सामाजिक काममा मन जाने भएपनि जनताको लालोचना होईनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया