मंगलबार थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । आज (मंगलबार) थप ७०८ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित संख्या त्यति पुगेको हो ।

यस्तै मंगलबार ७३१ जना निको भएर फर्किएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएसँगै मृतक संख्या १ हजार ८४० पुगेको छ । आज सक्रिय संक्रमित संख्या ६ हजार ३९६ रहेको छ भने क्वारेन्टिनमा ३६५ जना छन् ।

प्रतिक्रिया