लिवाङ्गको आर्मी व्यारेक परिसरमा ग्लोबल आइएमई बैंकको एटिएम सेवा

काठमाडाैं । ग्लोबल आइएमई बैंकले लिवाङ्ग जिल्लास्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ ।

उक्त एटिएम सेवा खड्गदल गन, लिबाङ रोल्पाका प्रमुख सेनानी सुधिर के.सी.ले उद्घाटन गरे । बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

याेसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २४० पुगेको छ । बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत् आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया