‘डिशहोम फाइबरनेट’ को ‘एक दाम-दुई काम’ अफर, डिशहोम टिभीमा मासिक शुल्क नलाग्ने
२०७७ पुस १४ गते

काठमाडौं । डिशहोमको इन्टरनेट सेवा ‘डिशहोम फाइबरनेट’मा ‘एक दाम-दुई काम’ अफर सञ्चालनमा आएको छ । जसअनुसार डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टिभीको मासिक शुल्क निःशुल्क हुनेछ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्चगतिको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोम फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विशेष छुटमा उपलब्ध गराउँदै आएको छ ।
निःशुल्क जडान गरिने डिशहोम फाइबरनेटमा बार्षिक भुक्तानी गर्दा ड्रपवायर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । भैंसेपाटी, बुङमती, नयाँ बानेश्वर, तिनकुने, चाबहिल, कप्पन, बौद्ध, जोरपाटी, बुढानिलकण्ठ लगायतका हुँदै आएको यो सेवा लिन उपभोक्ताले नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गरी वा ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने कम्पनीले जनाएकाे छ ।
२०७७ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित








