लक्ष्मी बैंकद्वारा ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगीताकाे घाेषणा

काठमाडाैं । लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत डिजिटल बैंकिङकाे विशेषता र लाभहरूकाे बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माई मोबाइल मनि’ भिडियाे प्रतियाेगीताकाे घाेषणा गरेकाे छ ।

यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको गुणवत्ता अनि सान्दर्भिकताको आधारमा विजेता घोषणा गरिने बैंकले जनाएकाे छ । बैंकका अनुसार विजयीलाई ५० हजार सम्मको नगद पुरस्कार प्रदान गरिने छ ।

एक महिने अभियान डिजिटल डिसेम्बरको माध्यमबाट लक्ष्मी बैंकले नेपाली जनतामा इन्टरनेट बैंकिङ, माेबाइल बैंकिङ र भाइबर बैंकिङ जस्ता डिजिटल विकल्पहरुलाई अपनाउने रुचिको अभिवृद्धि गर्ने प्रयास गरेकाे बैंकले जनाएकाे छ ।

लक्ष्मी बैंकको Mobile Money app Google Play Store / Apple Store मा उपलब्ध रहेकाे छ ।
प्रतियोगिताको नियमहरु Link <https://www.laxmibank.com/my-mobile-money-video-contest> लिंकमा गएर हेर्न सकिने छ ।

‘माई मोबाइल मनि’ लक्ष्मी बैंकको Crowdsourcing मा आधारित दास्रो प्रतियोगिता हो । यसअघि बैंकले सञ्चालन गरेको Debit Card को Designing प्रतियोगितामा उत्साहजनक सफलता प्राप्त गरेकाे थियाे ।

प्रतिक्रिया