कुमारी बैंकको थप ८ शाखा विस्तार

काठमाडाैं । कुमारी बैंक लिमिटेडले काठमाडाैं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना ८ नयाँ शाखाहरू विस्तार गरेकाे छ ।

काठमाडाैंस्थित खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यका बाहिर मोरङस्थित बेलबारी गरी कूल ८ शाखाहरू सञ्चालनमा ल्याएकाे हाे ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ ।

कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १८७ वटा शाखाहरु, १५२ वटा एटिएमहरू तथा १३ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखाविहिन युनिटहरुद्वारा सेवा दिइरहेकोमा थप ८ वटा शाखा पश्चात अब बैंकको कुल शाखा सञ्जाल १९५ पुगेको छ ।

प्रतिक्रिया