७१८ जना निको हुँदा कति थपिए काेरोना संक्रमित ?

काठमाडाैं । साेमबार ७१८ जना काेराेना भाइरस (काेभिड १९) संक्रमित निकाे भएका छन् । यस्तै आज ६५९ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार आज क्वारेन्टिनमा ३६९ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ६ हजार ४२७ रहेकाे छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या २ लाख ५८ हजार ८४० पुगेकाे छ । संक्रमितमध्ये २ लाख ५० हजार ५८१ जना निकाे भइसकेका छन् । यस्तै मृतक संख्या १ हजार ८३२ पुगेकाे छ । आज मात्रै थप ७ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया