कामना सेवा र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सम्बन्धी सम्झौता

काठमाडाैं । कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सेवा मार्फत कर्पोरेट ग्राहकहरुले सरल तथा सुरक्षित तवरबाट फण्ड टान्सर्फर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसी भुक्तानी गर्न सक्ने छन् ।

बैंकले सो सम्झौता पश्चात् यो सेवा कर्पाेरेट ग्राहकका लागि छिट्टै नै सञ्चालनमा ल्याउने छ तथा यस सेवाले कोभिड– १९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोवार गर्न थप सहजता प्रदान गर्ने बैंककाे विश्वास छ ।

प्रतिक्रिया