चीनियाँ टोली र राष्ट्रपति भण्डारीबीच एक घण्टा भेट, प्रधानमन्त्रीलाई सोमबार भेट्ने

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको छ। राष्ट्रपति भवन शीतल निवासमा पुगेर भण्डारीसँग साँझ ५ बजेदेखि ६ बजेसम्म एक घण्टा भेट गरेको शीतल निवास स्रोतले जनाएको छ।

भेटमा भएको छलफलबारे भने राष्ट्रपतिको कार्यालयले खुलाएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भेट्ने कार्यक्रम छ। आइतबार भेट्ने भनिए पनि समय नमिलेका कारण सोमबार मात्रै भेट हुने तय भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझोउको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो साढे १ बजे काठमाडौं आएको थियो।

सरकार पक्षको भेटपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालसँग भेट गर्ने बुझिएको छ।

प्रतिक्रिया