प्रतिनिधि सभा विघटनविरुद्ध जसपा सडक ओर्लियो

काठमाडौं । प्रतिनिधि सभा भङ्ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) सडक ओर्लिएको छ ।

जसपाले आइतबार (आज) ओलीको कदम असंवैधानिक भन्दै रत्नपार्क शान्ति बाटिकाबाट जुलुस शुरु गरेको हो । जुलुस पुनः शान्ति बाटिकामा नै पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रमलाई पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राईलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा अध्यक्ष भट्टराईले ओलीले चुनाव घोषणाको नाटक गरेर मन्त्रिपरिषद् विस्तार गरेको बताएका छन् ।

प्रतिक्रिया