महालक्ष्मी विकास बैकको स्पष्टिकरण : ‘सुन कर्जा’ सम्बन्धमा अनुसन्धान भइरहेको छ

काठमाडौं । महालक्ष्मी विकास बैक लिमिटेडले ‘सुन कर्जा’ सम्बन्धि विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण जनाएकाे छ । सञ्चार माध्यमहरूमा प्रकाशित समाचारकाे खण्डन गर्दै ‘सुन कर्जा’ सम्बन्धमा अनुसन्धान चलिरहेकाे बैंकले जनाएकाे छ ।

बैंकले एक विज्ञप्ति जारी गर्दै भनकाे छ- ‘बैंकले तत्कालिन सुन जाँचकी र ऋणीहरुका विरुद्धमा अनुसन्धान गरी बैंकको हानी नोक्सानी गराएको विगो असुल उपर गरी पाउन प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरोमा जाहेरी दरखास्त दिइ उक्त ब्यूरोबाट सत्यतथ्यको बारेमा छानविन भइरहेको ब्यहोरा जानकारी गराउँछौँ ।’

बैंकको कुमारीपाटी, ललितपुर शाखाको सुनजाँचकी पदमा कार्यरत कर्मचारीको बैंकको सेवा समाप्त हुने भई बैंकले अर्को सुनजाँचकी खटाई निजहरुका बिचमा बरबुझारथको कार्य हुँदा बिभिन्न सुन कर्जामा कैफियत देखिन गएको बैंकले जनाएकाे छ । साथै त्यस्ता कैफियत देखिएका कर्जाका सम्बन्धमा बैंकले आन्तरिक छानविन समिति गठन गरी छानबिन गर्दा तत्कालीन सुनजाँचकी र सुन धितोराखी कर्जा लिने ऋणी समेतको मिलेमतोबाट कैफियत हुन गएको तथ्य छानविन प्रतिवेदनबाट देखिएको बैंकले जानकारी दिएकाे छ ।

प्रतिक्रिया