सफा टेम्पोमा प्रभु बैंकको क्यू आर कोड सेवा

काठमाडाैं । प्रभु बैंक लिमिटेडले सफा टेम्पोमा क्यू आर कोड सेवा सञ्चालनमा ल्याएकाे छ ।

बैंकले काठमाडाैं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्फत् भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको हाे । यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् ।

यो क्यू आर कोड सेवा प्रभु बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडाैं उपत्यकामा महिला सवारी चालकहरुद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुनेछ । महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंक लि. को क्यू आर कोड राखिएको छ । उक्त सफा टेम्पोमा यात्रा गर्ने यात्रुहरुले आफ्नाे मोबाईलबाट क्यू आर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको यो क्यू आर कोड सेवाबाट यात्रुहरु भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुने तथा यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया