सिद्धार्थ बैंकको १८ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

काठमाडाैं । १७औं बाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापित सिद्धार्थ बैंकले आज अठार वर्ष पूरा गरेको छ । अठार वर्षको यात्रामा बैंकले वित्तीय एवं अन्य विभिन्न सूचकांकहरुमा उल्लेखनीय प्रगती हासिल गरेको छ ।

बैंकको हालको चुक्ता पूँजी रु. ९ अर्ब ८७ करोड सहित कुल सम्पत्ति रु. १६ अर्व रहेको छ । यस बैंकले रु. १५७ अर्व निक्षेप संकलन गरी रु. १३६ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ भने देशभरका १८८ शाखा एवम् सेवा केन्द्रमार्फत १० लाखभन्दा बढी सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै सुरक्षित तवरले आधुनिक सूचना प्रविधिको माध्यमबाट विभिन्न कार्ड सेवा, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईनबाटै खाता खोल्न सकिने जस्ता विभिन्न बैंकिङ्ग सुविधाहरुको सरल एवम् ग्राहक मैत्री सेवा प्रवाह गर्दै आएको छ ।

वित्तीय क्षेत्रको एक अग्रणी संस्थाको रुपमा स्थापित यस बैंकले झण्डै दुइ हजार पाँचसय व्यक्तिलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ भने देशको राजश्वमा गत वर्ष मात्रै रु. २ अर्बभन्दा बढीको योगदान पुर्याएकाे छ ।

स्थापनाको १८औं बार्षिकोत्सवको अवसरमा बैंकले देशभरका १४ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया