नक्साल तरकारी बजारमा क्यु.आर. कोडबाट भुक्तानीकाे सुरूवात

काठमाडाैं । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा काठमाडाैंस्थित नक्साल तरकारी बजारमा क्यु.आर. QR Code बाट भुक्तानीको सुरुवात भएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फलफुल तथा तरकारी खरिद गर्दा QR Code बाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी गरिएकाे प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले जानकारी दिए ।

खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा QR Code बाट कारोबार निकै सरल र सुरक्षित रहेको पाइएको छ ।

प्रतिक्रिया