बानेश्वर बहुमुखी क्याम्पसमा कामना सेवाको एक्सटेन्सन काउन्टर सञ्चालन

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले बानेश्वर बहुमुखी क्याम्पसमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएकाे छ ।

आफ्नो सेवा विस्तारको क्रममा काठमाडौंस्थित बानेश्वर बहुमुखी क्याम्पसमा आज (शुक्रबार) देखि एक्सटेन्सन काउन्टर  स्थापना गरि कारोबार समेत सुरू गरिएकाे बैंकले जनाएकाे छ ।

बैंकका अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका प्रा. डा. घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको उद्घाटन गरेका थिए । बैंककाे उक्त सेवा सञ्चालनमा आएसँगै अब उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारीत शाखाबाटनै भुक्तानी गर्न सक्नेछन् ।

साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि उक्त एक्सटेन्शन काउन्टरबाट बैकिङ कारोबार गर्न सक्नेछन् । सार्वजनिक बिदा बाहेकका दिनहरुमा ग्राहकहरुले साे काउन्टरबाट बिहान ७:३० बजे देखि दिउँसो ३ बजे सम्म कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया