प्रधानमन्त्रीकप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

काठमाडाैं । डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–ट्वान्टी) तथा पीएम कप पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको कम्पनीले जनाएकाे छ ।

२६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–ट्वान्टी) मा एक विभागीय टोली र ७ प्रादेशिक महिला टोलीले सहभागिता जनाउने जानकारी दिइएकाे छ ।

यस्तै काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा जनवरी–२०२१ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसीय) २०७७ को उपाधिका लागि तीन विभागीय टोली र ७ प्रादेशिक टोली प्रतिस्पर्धामा उत्रनेछन् ।

दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रसारण गर्नेछन् ।

प्रतिक्रिया