वीपी प्रतिष्ठानमा विराटनगरका काेराेना संक्रमितकाे मृत्यु
२०७७ पुस १० गते

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विराटनगरका ६३ वर्षीय पुरूषकाे मृत्यु भएकाे छ ।
ती व्यक्तिमा पुष ९ गते काेराेना संक्रमण पुष्टि भएकाे थियाे । काेराेना पुष्टि भएकै दिन उनलाई वीपीको कोभिड अस्पताल भर्ना गरिएको थियो । उनकाे उपचारका क्रममा १० गते मृत्यु भएकाे वीपी प्रतिष्ठानका सह-प्रवक्ता डा. चुडामणी पाेखरेलले जानकारी दिए । उनका अनुसार शवकाे व्यवस्थापन हुँदैछ ।
२०७७ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित









