दुई थान पेस्तोलसहित धरानबाट रनसुर राई पक्राउ

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । सुनसरीको धरानबाट दुई थान पेस्तोल सहित एक जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १५ सयपत्री मार्ग बस्ने २७ बर्षिया देवी बहादुर लिम्बु सुत्ने घरको कोठाबाट २६ बर्षिया रनसुर राईलाई हतियार सहित पक्राउ गरेको हो ।

पक्राउ परेका राईको साथबाट दुई थान पेस्तोल र खाली म्याग्जिन १ थान बरामद भएकाे छ ।

पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय धरानले आज म्याद थप गरी अनुुसन्धान तथा कारवाही अघि बढाउँदैछ ।

प्रतिक्रिया