गाडीको ट्युबभित्र मदिरा !

काठमाडाैं । प्रहरीले गाडीको ट्युबहरूमा लुकाई-छिपाई राखेको मदिरा बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले काठमाडाैं १४ कलंकी हनुमान गल्लीस्थित प्रसाईं निवासको भर्याङ मुनि लुकाएर राखेको गाडीको ट्युबमा अन्दाजी ३०० लिटर घरेलु बरामद गरेकाे महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी प्रमुख डिएसपी अपिल बोहोराले जानकारी दिए ।

फेला पारिएकाे मदिरा नियन्त्रणमा लिई महानगरीय प्रहरी प्रभाग स्युचाटारमा राखिएकोमा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गर्ने कार्य भईरहेको कालिमाटी वृत्तले जनाएको छ ।

त्यस्तै घरेलु मदिरा अवैध मदिरा नष्ट गर्ने अभियान अन्तर्गत काठमाडाैं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ७,९ र १० को वडा एरियामा म.न.प्र. प्रभाग स्युचाटारबाट एरियामा रहेको बिभिन्न होटल तथा भट्टीपसलहरु चेकजाँच गर्दा २०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिई स्थानियको रोहबरमा नष्ट गरिएको उनले बताए ।

प्रतिक्रिया