ग्लोबल आइएमई बैंकले सुरू गर्याे दुई नयाँ शाखारहित बैंकिङ् सेवा

काठमाडाैं । ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङ्गको लेखनीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले बर्दिया जिल्ला राजापुर नगरपलिका वडा नं. ४, राजापुर बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन राजापुर नगरपलिका वडा नं. ४ का वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका अध्यक्ष कृष्ण कुमार रेग्मीले संयुक्त रूपमा गरे ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको संस्थागत प्रतिनिधिको रुपमा पौडेल ट्रेडर्सलाई नियुक्त गरिएको छ ।

यसैगरी बाग्लुङ्ग जिल्ला काठेखोला गाँउपालिका वडा नं. ८, लेखनीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बाग्लुङ्ग चेम्बर अफ कमर्सका अध्यक्ष युवराज राजभण्डारीले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा योगनाथ कँडेललाई नियुक्त गरिएको छ ।

यी शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४१ पुगेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, NTC/CDMA/UTL/ DISH HOME को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएकाे छ ।

प्रतिक्रिया