फेमिली पिसद्वारा सम्पन्न राष्ट्रिय स्तरको निबन्ध प्रतियोगितामा दीपक विक प्रथम

काठमाडौं । युवाहरूमा आध्यात्मिक सचेतना बढाउने उद्देश्यले अध्यात्म ज्ञान ओलम्पियाडको नाममा राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । फेमिली पिस एशोसिएसनको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

मुलुकमा लकडाउन भएको बेला एफपिए नेपालले निबन्ध प्रतियोगिताको आयोजना गरेको थियो । अनलाइनमार्फत् दुई चरणमा आयोजना गरिएको निबन्ध प्रतियोगितामा मुलुकभरका युवाहरूले सहभागिता जनाएको आयोजकले बताएको छ । गत शनिवार प्रतियोगिताका विजयीहरूको घोषणा गरिएको थियो ।

प्रतियोगितामा सुर्खेतका दीपक सिंह विक प्रथम, सर्लाहीकी सजीना खनाल द्वितीय र सुनसरीका साजन आचार्य तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १२ हजार र ७ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्था एफपिए नेपालका सभापति डा. किशोर राजभण्डारीले जानकारी दिए ।

विजयी घोषणा समारोहमा पूर्वमन्त्री इन्जिनियर गणेश शाहले मुलुकको सर्वाङ्गीण विकासका लागि युवाहरूमा आध्यात्मिक सचेतना वृद्धि गर्नुपर्ने आवश्यकता औँलयाए । उनले समाज एवं देशलाई अधि बढाउनका लागि हरेक व्यक्तिले कुनै पनि काम गर्दा ज्ञान र सीपलाई जस्तै आध्यात्मिक पाटोलाई पनि उत्तिकै महत्व दिनुपर्ने कुरामा जोड दिए ।

आफूले सोचेको भन्दा नयाँ पुस्ता थप जिम्मेवार र सजिलै समाजमा आध्यात्मिक सचेतना वृद्धि गर्न लागिपर्न सक्ने पाएको बताए ।

प्रतिक्रिया