कांग्रेस र जसपाका शीर्ष नेताहरु बुढानिलकण्ठमा, संसद खुलाउन दबाव दिनेबारे छलफल
२०७७ पुस ४ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टीका शीर्ष नेताहरु देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।
जसपाका अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र राजेन्द्र महतो देउवालाई भेट्न उनको निवास बूढानिलकण्ठ पुगेका बाबुराम भट्टराईका सहयोगी रोशन पोखरेलले जानकारी दिए ।
पोखरेलले भने,‘जसपा र कांग्रेस नेताहरू अपरान्ह ३ बजेदेखि छलफलमा छन् ।’ सरकारलाई संसद खुलाउन दबाव दिनेबारे छलफल भइरहेको उनले बताए ।
छलफलमा कांग्रेसका शीर्ष नेताहरु पनि सहभागी भएका छन्।
२०७७ पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित








