श्रीराम सुगर मिल्सले शुक्रबारदेखि उखु किसानहरुलाई बाँकि बक्यौता तिर्ने

काठमाडाैं ।  श्रीराम सुगर मिल्सले उखु किसानहरुलाई भुक्तानी गर्न नसक्ने भन्दै अाएकाेमा अब सबैकाे  किसानहरूलाई बाँकि बक्यौता तिर्ने जनाएको छ ।

उसले प्रेस विज्ञप्ति जारी गर्दै बाँकि बक्यौता तिर्ने जनाएकाे हाे ।

हालसम्म उद्योग घाटामा रहेको र अझ त्यसमाथि कोरोना महामारी र लकडाउनले उद्योग थला परेको भन्दै उसले उखु किसानहरूलाई बाँकि बक्यौता तिर्न नसक्ने बताउँदै अाएकाे  थियाे ।

उसले उखु किसानहरूलाई बाँकि बक्यौता तिर्ने विषयमा प्रेस विज्ञप्तिमा भनेको छ –

यस उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भुक्तानी गर्न बांकी रहेको बक्यौता रकमका सम्बन्धमा पटक पटक सम्बन्धित निकायहरुमा छलफल गरी समस्या समाधानका उपायहरु अवलम्बन गर्ने तर्फ उद्योग व्यवधानका कारण उद्योगको मांग बमोजिम समस्या समाधान हुन नसकेको व्यहोरा हामी सबैमा अवगत नै छ । यस उद्योगको स्थापनाकाल देखि नै हाम्रा उखु उत्पादक किसानहरुको अत्याधिक सहयोग र साथ पाउँदा पाउँदै पनि विभिन्न परिस्थितिका कारण उद्योग अत्याधिक नोक्सानीमा गई परिस्थितिबस हाम्रा उखु किसानहरुलाई भुक्तानी गर्न बिलम्ब भई पर्न गएको पीर मर्का तथा दुःख प्रति पूनः क्षमाप्रार्थि छौं । यस उद्योगले भुक्तानी गर्न बांकी रहेको बक्यौता रकम भुक्तानीका लागि उद्योगको बैंक खातामा रकम जम्मा भई सकेको र भुक्तानीका लागि कारखाना स्थलमा सूचना टांस गरी सकेको अवगत गराउदै उक्त सूचना मिति २०७७ पौष ३ गते शुक्रबार देखि भुक्तानी चालु गर्ने ब्यहोरा उल्लेख भएको सबैमा जानकारी गराउन चाहन्छौं ।

Shreeram Sugar Mill_Notice_Nepali

प्रतिक्रिया