अवैध लागुऔषधसहित विभिन्न ठाउँबाट काराेबारीहरू पक्राउ

काठमाडौं । अवैध लागुऔषधसहित विभिन्न ठाउँबाट काराेबारीहरू पक्राउ परेका छन् ।
कास्की– पोखरा महानगरपालिका–४ रामकृष्ण टोलबाट नियन्त्रित लागुऔषध १ सय १३ एम्पुल डाईजापाम, १ सय १३ एम्पुल फेनेरागन, १ सय १३ एम्पुल ब्रुपिनूर्फिन र २ थान मोबाईल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–४ रामकृष्णटोल बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ र कास्की पोखरा महानगरपालिका(४ रामकृष्ण टोल बस्ने भक्तपुर घर भएका ४५ वर्षीय लक्ष्मी कृष्ण भासिमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ– विराटनगर महानगरपलिका–७ शनिमन्दिर परिसरबाट १३ ग्राम खैरो हेरोइन जस्तो पदार्थसहित सोही महानगरपालिका–१७ बस्ने २७ वर्षीय लद्दीफुल मियाँलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले पैदलयात्री मियाँलाई जाँच गर्दा उनको साथमा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी, विराटनगर महानगरपालिका–५ बाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका(५ बस्ने ४० वर्षीय रुपेश साह लगायत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी भट्टाचोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
साथै मोरङ, विराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागुऔषध ५ ग्राम खैरो हेरोईनसहित भारत बिहार जोगमनी बस्ने ३२ वर्षीय सुरजेश कुमार राय समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
बाँके – कोहलपुर नगरपालिका–११ एनटिभी रोडबाट ४४ ग्राम ५२० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगरजस्तो देखिने धुलो र १ थान डिजिटल काँटासहित सोही नगरपालिका–१२ चप्परगौडी बस्ने ४५ वर्षीय इन्द्रमणि गौतमलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त धुलो पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर – बेलौरी नगरपालिका–१० खल्लाबाट बेदकोट नगरपालिका–७ बस्ने २१ वर्षीय मुकेश भट्टसमेत २ जनालाई करिब ८ सय २० मिलिग्राम अबैध लागुऔषध ब्राउन सुगरसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित खटिएको प्रहरीले म. २ प ७६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा विभिन्न स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।








