संसदको विशेष अधिवेशनको माग गर्दै शीतल निवास पुगे नेकपा नेता

काठमाडौं । संसदको विशेष अधिवेशनको माग गर्दै नेकपा नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।

भीम रावल, पम्फा भुसाललगायतका नेताहरु संसदको विशेष अधिवेशनको माग गर्दै शीतल निवास पुगेका हुन् ।

खासगरी मंगलबार प्रधानमन्त्रीसमेत रहेका संवैधानिक परिषद् अध्यक्ष केपी शर्मा ओलीले आफूखुशी अध्यादेश जारी गराएपछि विरोध चर्किरहेको बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले संसदको विशेष अधिवेशनको माग गरेका हुन् ।

गत २१ मंसिरबाट शुरु भएको नेकपा स्थायी कमिटी बैठकको आज तेस्रो छलफल चल्दैछ । आजको बैठकमा पूर्वनिर्धारित कार्यसूचीलाई भन्दा जारी अध्यादेशलाई केन्द्रमा राखेर प्रस्तुत हुने नेकपा नेताहरुको तयारी छ ।

 

प्रतिक्रिया