रियल म्याड्रिडको जितमा बेन्जेमाको दुई गोल
२०७७ पुस १ गते

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । गएराती भएको खेलमा रियल म्याड्रिडले एथलेटिक बिलबाओलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
रियल म्याड्रिडको जितमा करिम बेन्जेमाले दुई गोल गरेका थिए भने टोनी क्रूजले एक गोल गरेका थिए । त्यस्तै एथलेटिक बिलबाओका लागि एण्डर कापाले एक गोल गरेका थिए । यस खेलमा खेलको १३ मिनेटमा राउल ग्रासियाले रातो कार्ड पाएपछि एथलेटिक बिलबाओ १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि रियल म्याड्रिडको १३ खेलपछि २६ अंक भएको छ भने लिगमा तेस्रो स्थानमा रहेको छ । त्यस्तै एथलेटिक बिलबाओको १३ खेलमा १४ अंक रहेको छ र लिगमा १३औँ स्थानमा रहेको छ ।
२०७७ पुस १ गते
प्रतिक्रिया
सम्बन्धित








