बाबुरामले भने- ‘नेकपाको सरकार वाम खोल ओढेको दक्षिणपन्थी सरकार’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपाको अहिलेको सरकार वाम खोल ओढेको दक्षिणपन्थी सरकार भएको टिप्पणी गरेका छन् । तीन वर्षे शासन नभएर कुशासनबाट जनता वाक्क भएको भन्दै उनले जनताको काँध चढेर चरम दक्षिणपन्थी र नरम दक्षिणपन्थी शिक्तिहरु अघि आउने खतरा बढेको टिप्पणी गरे ।

चाँडै ओली सरकारको अग्रगामी विकल्प खोज्नुपर्नेमा उनको जोड छ । पूर्वप्रधानमन्त्री भट्टराईले ओली नेतृत्वको सरकारलाई ‘भेडाको छाला ओढेको ब्वाँसो’को संज्ञा दिए ।

‘नेकपा सरकार वाम खोल ओढेको दक्षिणपन्थी सरकार हो । यसको तीनबर्षे कुशासनबाट वाक्क भएका जनताको कॉध चढेर चरम दक्षिणपन्थी र नरम दक्षिणपन्थी शक्तिहरू अघि आउने खतरा बढ्दै छ है’, बाबुरामले ट्वीटरमा लेखेका छन् ‘भेडाको छाला ओढेको ब्वॉसोको विकल्प आफ्नै छालाररंग सहितको ब्वॉसो हुन सक्दैन।वेलैमा अग्रगामी विकल्प निर्माण गरौं !’

प्रतिक्रिया