ओपोद्वारा नेन्डोका साथमा नयाँ कन्सेप्चुअल डिजाइन प्रदर्शित साथै सीआईआईडीईमा रेट्रोस्पेक्टिव प्रदर्शनी

शन्चन्, चाइना । अग्रणी स्मार्ट उपकरण कम्पनी, ओपोले चौथो चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई)मा मानव केन्द्रित डिजाइन अवधारणामा आधारित विभिन्न नयाँ कन्सेप्चुअल डिजाइनहरु प्रदर्शित गरेको छ । यी कन्सेप्चुअल डिजाइनहरु अग्रणी जापनिज ईन्डष्ट्रियल डिजाइनिङ स्टुडियो नेन्डोसंगको सहकार्यमा निर्माण गरिएका हुन् ।

भविस्यका डिजाइन क्षेत्रको अन्वेषणको रुपमा लिइएका यी डिजाइनहरु ओपो र ओकी साटो, नेन्डोका प्रमुख डिजाइनर तथा प्रमुख कार्यकारी अधिकृतसँग नजिकको सहकार्यको नतिजा हुन् । प्रदर्शनी अवधिभर ओपोले आफ्ना क्लासिक प्रडक्ट डिजाइनका सिरिजपनि प्रदर्शनीमा राखेको थियो । तिनले ओपोको शुरुवाती अवस्थादेखि अपानाइँदै आइरहेका डिजाइन, धातु र अन्तरक्रिया प्रतिबिम्बित गर्दै पृथक अन्तर्दृष्टि समेत प्रस्तुत गरिरहेका थिए ।

चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो चीनमा औद्योगिक डिजाइनमा केन्द्रित राष्ट्रिय–स्तरको प्रदर्शनी हो । यस वर्षको थिम, “न्यू डिजाइन, न्यू ट्रेण्ड्स, न्यू मोमेन्टम”मा आधारित भई ओपोले आफ्ना शुरुवाती अवस्था देखिका औद्योगिकरुपमै अग्रणी क्लासिक प्रडक्ट डिजाइनहरु बृहत्त प्रदर्शनीमा राखेको थियो ।

सन् २००८ मा सौन्दर्यशास्त्रको पूर्ण तालमेल प्राप्ति र नवप्रवर्तनको आफ्नो दिर्घकालीन सोचको प्रतिक तथा यात्राको शुरुवातका रुपमा ओपोले आफ्नो पहिलो स्मार्टफोन, “स्माइली फेस” ए १०३ सार्वजनिक गरेको थियो । पछिल्ला १२ वर्षमा ओपोले नवप्रबर्तनको आफ्नो असिमित यात्रालाई कायम राख्दै विभिन्न नवप्रवर्तनात्मक उत्पादनहरु प्रस्तुत गरिरहेको छ । सन् २०१२मा ओपोले प्रयोगकर्तालाई बोक्न सजिलो र सहजता प्रदान गर्ने सोचका साथ डिजाइन गरिएको विश्वकै पातलो फोन फाइन्डर सार्वजनिक गरेको थियो ।

सन् २०१४मा फाइन्ड ५ मार्फत २.५ डी कभ्र्ड डिजाइन र सन् २०१६ मा हिउँले ढाकिएका हिमाली छालसंग प्रेरित हुँदै सुदृढ ग्रिप र लुक्ससहितको फोन उपलब्ध गराउन आर ९ सार्वजनिक गर्यो । भरखरै, सन् २०१९मा हालका लागि संसारकै पातलो फाइभजी फोनका रुपमा ओपोले रेनोथ्री पनि सार्वजनिक गरेको थियो ।

ओपोको डिजाइन सफलता अत्याधुनिक क्यामेरा प्रविधिहरुमा पनि प्रष्ट झल्किन्छ । सन् २०१४मा ओपोले विश्वकै पहिलो मोटोराइज्ड रोटेटिङ क्यामेरा स्मार्टफोन एनथ्री सार्वजनिक गरेको थियो ।

सन् २०१८मा ओपोले स्लाइडिङ डिजाइनको उपयोग गर्दै फोन भित्रबाटै क्यामेरा पप् आउट हुने फुल स्क्रिन डिस्प्ले स्मार्टफोन, फाइन्ड एक्स सार्वजनिक गर्यो । यो नवपवर्तनले फ्रन्ट र रियर क्यामेरा र सेन्सर्स लगायत ११ भिन्न घटकको एकिकृत सम्मिश्रण प्रस्तुत गर्दै नतिजा स्वरुप ९३.८% स्क्रिन टू बडी रेसियो प्रस्तुत गर्यो ।

सन् २०१९मा ओपोले अझ एक कदम अघि बढ्दै यूनिक पिभोट राइजिङ स्ट्रक्चर सहितको रेनो टेनएक्स जुम सार्वजनिक गर्यो । यसले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँ डिजाइन अवधारणाहरुलाई हालसम्म पनि प्रेरित गरिरहेको छ ।

यस बर्षको नोवेम्बर महिनामा ओपो ईन्नो डे २०२० समारोह मार्फत ओपोले आफ्नो नयाँ अन्वेषणका रुपमा मोबाइल फोन फर्म फ्याक्टर्स अन्तर्गत ओपो एक्स २०२१ मार्फत रोलेबल कन्सेप्चुअल ह्याण्डसेट प्रदर्शित गरेको छ । कन्सेप्चुअल उपकरण मार्फत प्रदर्शित रोलेबल डिस्प्लेको आकार टोकिएको रेञ्ज भित्र असिमित रुपमा समायोजन गर्न सकिन्छ । यसले भविस्यका उपकरणका लागि नयाँ दृष्टिकोण प्रस्तुत गर्नुका साथै मानवले ती संग कस्तो अन्तरक्रिया गर्छ भन्ने नमुनापनि प्रस्तुत गरेको छ ।

चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पोमा ओपोले अग्रणी जापानिज ईन्डस्ट्रियल डिजाइनिङ स्टूडियो नेन्डोसंगको सहकार्यमा विकासको प्रक्रियामा रहेका “स्लाइड–फोन” र “म्यूजिक–लिंक” कन्सेप्चुअल डिजाइनप्रदर्शित गरेको थियो । स्मार्टफोन प्रयोगकर्ताहरु आफू वरपरका विश्वसंग अन्तरक्रिया गर्न बृहत्तरुपमा स्मार्टफोनमा निर्भर हुन थालेको दूबै कम्पनीको निस्कार्षका आधारमा “स्लाइड–फोन”को सोच विकसित भएको हो ।

बहुउपयोगी साधनका रुपमा विकसित हुँदै जाने क्रममा यसको आकारमा निरन्तर बृद्धि हुँदै आएको पाइन्छ । यसले गर्दा स्मार्टफोन बोक्न कठिन र यसले प्रदान गर्ने सहजता र सुलभतामा ह्रास आउँदै गएको छ । फोनको आकार बढ्दै जानु प्रयोगकर्ताका लागि चिन्ताको विषयका रुपमा रहँदै आएको छ । चिन्ताको निवारण दिने सोचका साथ विकसित “स्लाइड–फोन” अवधारणाको डिजाइनमा एकै दिशामा पट्याउन मिल्ने हिञ्जद्वारा सपोर्ट प्रदान गरिएका तीन ओटा स्क्रिन जडान गरिएका छन् ।

यसले गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फोनको आकार परिवर्तन गर्न सक्छन् । साथै, यसमा जडित स्टाइलसको माध्यमबाट प्रयोगकर्ताले काम वा अन्य कठिन कार्यका लागि आवश्यकता अनुसार फोनको प्रयोग गर्न सक्नेछन् ।

ओपो र नेन्डोको अर्को कन्सेप्चुअल डिजाइन “म्यूजिक-लिंक” टीडबल्यूएस ईयरफोन्स जसमा स्मार्टवाट्च, एआई स्पिकर, पोर्टेबल चार्जर र वायरलेस चार्जरको माध्यमबाट एक अर्कासंग जडित विभिन्न उपकरणहरुको समुह हो । सबै उपकरणहरुको डिजाइन अहिलेका प्रयोगकर्ताको सौन्दर्य चाहना अनुरुप स्लिक अग्र्यानिक फोर्ममा गरिएको छ । टीडब्ल्यूएस ईयरफोन्स र पोर्टेबल चार्जिङ केसलाई एआई स्पिकरमा जडान गरे पश्चात प्रयोगकर्ताले हेडफोन्स र स्पिकरका माध्यमबाट संगीतको मज्जा लिन सक्छन् । उपकरणहरु विचको यो सिम्बायोटिक डिजाइनले पोर्टेबिलिटी र सहजता प्रतिबिम्बित गर्नुका साथै, प्रविधिहरुको एकिकरण र मानव केन्द्रित डिजाइन अवधारणा प्रति ओपोको प्रतिबद्धतापनि झल्किन्छ ।

“म्यूजिक(लिंक”को कन्सेप्चुअल डिजाइन
ओपो र नेन्डो विचको सहकार्य बारे बोल्दै, नेन्डोका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख डिजाइनर, ओकी साटोले भने, “अत्याधुनिक प्रविधि मार्फत मानव र तिनका उपकरण विच सुमधुर सम्बन्ध कायम गर्दै लैजाने सोचका साथ अपनाइएका मानव केन्द्रित ओपोको डिजाइन दर्शनबाट म निकै प्रभावित छु । म ओपो टिमका नयाँ अवधारणाहरु तथा तिनले प्रविधि र भावनात्मक संलग्नता विचको सन्तुलनलाई कसरी अघि लान्छ भन्ने कुरा हेर्न निकै उत्सुक छु ।”

ओपो ईन्डष्ट्रियल डिजाइन प्रमुख स्याओ बोले भने,“निन्डोका डिजाइनहरु ओपोको मानवकेन्द्रित दर्शनसंग मिल्दोजुल्दो छन् । प्रयोगकर्तालाई अत्याधुनिक नवप्रबर्तन तथा प्रविधिका साथमा आनन्ददायी अनुभव दिने उत्पादनहरु पस्कनु ओपोको उद्देश्य रहँदै आएको छ । प्रयोगकर्तालाई आरामदायी अनुभव दिने ग्राउण्डब्रेकिङ प्राविधिक उत्पादन निर्माणका लागि हामी मानव माथि नै केन्द्रित हुनु पर्छ भन्ने दृढ विश्वासका साथ यो पार्टनरशिपको थालनी भएको हो । भविस्यमा यो पहललाई थप शक्ति प्रदान गर्न हामी थप ईञ्जिनियरिङ उत्पादनहरु अझ सहज र प्रयोगकर्ता मैत्री अनुभवका साथमा पस्कँदै जानेछौँ ।”

एक अन्वेषक र सौन्दर्य र नवप्रबर्तनको सटिक तालमेल मिलाउँदै अघिबढी रहेको ओपोले औद्योगिक क्षेत्रमा डिजाइन र नवप्रबर्तन प्रस्फूटनका लागि ईन्डष्ट्रियल डिजाइन सेन्टरको स्थापना गरेको छ । केन्द्रलाई फोर्थ सेलेक्शन अफ नेशनल ईन्डष्ट्रियल डिजाइन सेन्टर्स ईन चाईनाले सन् २०१९ नोवेम्बर २२मा प्रमाणित (सर्टिफाइड) गरेको छ । ओपोका अभूतपूर्व प्रडक्ट डिजाइनहरुलाई उद्योगले पनि अपनत्वका साथ पहिचानपनि प्रदान गरेको छ । यस बर्ष ओपो फाइन्ड एक्स र रेनोथ्री प्रोले २०२० गुड डिजाइन अवार्ड्स प्राप्त गरेका छन् भने ओपो फाईन्ड एक्सटू प्रोले चाईना मोबाइल फोन डिजाइन कम्पिटिशनमा स्वान अवार्ड हात पारेको छ । ओपोले उत्पादन डिजाइनमा आफ्नो ध्यान केन्द्रित गर्दै प्रविधि र सौन्दर्यको समायोजन मार्फत मानव र उपकरण विच सुमधुर सम्बन्ध कायम गराउँदै विश्वलाई अझ सुन्दर कसरी बनाउन सकिन्छ भन्ने अन्वेषणलाई निरन्तरता दिई रहने जानकारी दिएको छ ।

प्रतिक्रिया