दुई फरार प्रतिवादी पक्राउ

झापा । प्रहरीले दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बैंङ्किङ कसुर मुद्दा र वहुविवाह मुद्दामा जरिवाना र कैद सजाय भई फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय झापाले आइतबार पक्राउ गरेको हो ।

बैङ्किङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ फागुन २० गतेको फैसलाले ९ लाख ५० हजार रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय भई फरार रहेका कमल गाउँपालिका–५ घर भएका ३० वर्षीय सुजन देवानलाई उनकै घरवतनबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।

यस्तै वहुविवाह मुद्दामा जिल्ला अदालत झापा भद्रपुरको २०७५ जेठ १३ गतेको फैसलाले ५ हजार रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय ठहर भएकोमा २७ दिन कैद असुल भई बाँकी ११ महिना ३ दिन बेरुजु रही फरार रहेका ईलाम चुलाचुली गाउँपालिका–४ घर भएका ३० वर्षीय बीर बहादुर लिम्बुलाई उनकै घरबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया