‘ओलीकै कारण राजा आऊ, देश बचाऊको नारा लाग्यो’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीकै कारण राजावादीहरु सलबलाएको बताएका छन् । देशव्यापी सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्न हेटौंडा पुगेका सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण राजावादीहरुको आन्दोलन चर्किएको बताएका हुन् ।

‘राजा आऊ देश बचाऊ भन्दै हिँडिरहेका छन् । किन यो भन्दै हिँडिरहेका छन् ?,’ देउवाले प्रश्न गर्दै भनेका छन्, ‘ओलीकै कारणले राजा आउ देश बचाउ भनेर कराइरहेका छन् ।’ यस्तै सभापति देउवाले अहिलेको सरकार सर्वसत्तावादी भएको पनि बताएका छन्, ‘यो सरकारले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको छ’, देउवाले थप भनेका छन् ।

जनतालाई सडकमा उतार्ने आफ्नो उद्देश्य नभएको बताएका देउवाले थप भनेका छन्, ‘बाध्य भएर हामीले विरोध सभा गरेका हौँ, नेपाली कांग्रेसको तर्फबाट माफी चाहन्छु ।’ सभापति देउवाले ओलीले एक दलीय सर्वसत्तावादी लागू गरेको पनि बताएका छन् ।

कांग्रेसले आज देशव्यापी सरकार विरोधी प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा सडकमा उत्साहजनक सहभागीता देखिएको कांग्रेस नेताहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया