चन्द्रागिरिमा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

काठमाडाैं । काठमाडौंको चन्द्रागिरिमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ना २ क ३२३ नम्बरकाे ट्रक चन्द्रागिरी नगरपालिका-२ वाडभन्ज्याङस्थित सडकबाट दुई सय मिटर तल खस्दा सिन्धुलीका २३र२४ वर्षीय मनिष कार्की र  अन्दाजी २५/२६ वर्षीय मानकुमार माझीकाे मृत्यु भएकाे महानगरीय प्रहरी परिसर काठमाडाैंले जनाएकाे छ । उक्त मिनी ट्रक दामन कन्स्ट्रक्सनको भएको प्रारम्भिक अनुसन्धानमा बुझिएकाे छ ।

मृतक दुईमध्ये ट्रक कसले चलाएकाे हाे भन्ने खुलेकाे छैन । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया