विना मगर भन्छिन्- ‘खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु’
२०७७ मंसिर २९ गते

फाेटाे फाइल
काठमाडाैं । खानेपानी मन्त्री विना मगरले खानेपानी मन्त्रालयमा भ्रष्टाचार भएकाे प्रमाण भेटेमा आफूले राजीनामा दिने बताएकी छिन् । सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले यस्तो बताएकी हुन् ।
उनले देश समृद्ध बनाएरै छाेड्ने प्रतिज्ञा समेत गरेकी छिन् ।
‘आज म प्रतिज्ञा गर्छु- खानेपानी मन्त्रालयमा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण देखाउनुस्, म राजीनामा दिन्छु,’ मन्त्री विना मगरले ट्वीटरमा लेखेकी छिन्- ‘देश समृद्ध बनाएरै छाड्छौँ ।’
२०७७ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित









