स्पेनिस ला लिगाः मेस्सीको गोलमा बार्सिलोनाको जित
२०७७ मंसिर २९ गते

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा लियोनेल मेसीले खेलको ७६औ मिनेटमा निर्णायक गोल गरेका थिए । योसँगै मेसीले बार्सिलोनाका लागि १० नम्बर जर्सीमा आफ्नो ६ सय गोल पुरा गरेका छन् ।
यो जितपछि बार्सिलोनाको ११ खेलमा १७ अंक भएको छ भने लिगमा आठौ स्थानमा रहेको छ । त्यस्तै लेभान्टेको भने १२ खेलमा ११ अंक रहेको छ ।
२०७७ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित








