सानिमा बैंक र एनसेलबीच ‘निःशुल्क सिम र इन्टरनेट’ प्याकेज सम्झौता

काठमाडाैं । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच ‘निःशुल्क सिम र इन्टरनेट’ प्याकेज सम्झौता भएकाे छ ।

सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप् प्रयोग गर्न निःशुल्क इन्टरनेट प्याकेज दिने सम्झौता भएकाे हाे ।

एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटा लिमिटेडका तर्फबाट प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता पत्र अनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) सेवा लिने बैंकका सेवाग्राहीहरुलाई करिब रु.३०० बराबरको डाटा तथा भ्वाइस सेवा सहितको निःशुल्क सिम कार्ड प्रदान गरिनेछ ।

साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टर्नेट (मबतब) प्राप्त गर्नेछन् ।
सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभित), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टर र ८२ वटा ए.टि.एम. संचालनमा रहेकाे निक्षेप व्यवस्थापन रिटेल प्रमुख टंकमणि बरालले जानकारी दिए ।

प्रतिक्रिया