ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ्ग सेवा सुचारू

काठमाडाैं । ग्लोबल आइएमई बैंकले विभिन्न ठाउँमा ६ नयाँ शाखारहित बैंकिङ्ग सेवा सुचारू गरेकाे छ ।

तेह्रथुम जिल्ला फेदाप गाउँपालिका, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमालचौरमा बैंकले शाखारहित बैंकिङ्ग सेवा सुरू गरेकाे हाे ।

यस्तै पाँचथर जिल्ला याङवरक गाउँपालिकामा पनि बैंकले नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३८ पुगेको छ ।

बैंकले तेह्रथुममा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा चन्द्र कला ढकाल, धनुषामा राज कुमार शाह, दैलेखमा दामोदर उपाध्याय, दैलेखमा बखत बहादुर शाही, बाग्लुङ्गमा होमनाथ खराल र पाँचथरमा घनेन्द्र काफ्ले रहेका छन् ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत् आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया