‘पार्टी फुटि हालाेस् भनेर धूप बालेपनि पार्टी फुट्दैन’

भक्तपुर । शहरी विकाश मन्त्री कृष्ण गाेपाल श्रेष्ठले विरोधीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन होस् भनेर धूप हाल्नु बेकार भएको बताएका छन् । चाँगुनारायण नगरपालिका द्वारा सञ्चालनमा ल्याइएकाे अस्पताल उद्घाटन गर्दै उनले भने ‘कसैले धूप बालेर पार्टी फुटी हालोस्, सरकार ढलि हालोस भनेपनि कारखानाबाट निकालेर सबै धूप बालेपनि पार्टी फुट्दैंन् ।’

आज एक कार्यक्रमका विच शहरी विकास मन्त्री कृष्णगाेपाल श्रेष्ठले उक्त अस्पतालकाे उद्घाटन गर्दै उनले नेपाली जनताले इतिहास निर्माण गर भनेर नेकपालाई दुई तिहाई नजिकको मत दिएकाले जनचाहाना अनुसार नै नेकपा एक हुने पनि बताए । ‘नेकपा समुन्द्र हो समुन्द्रमा सानोतिनो छाल आउनु सामान्य हो, विरोधी खुसी हुनु पर्ने कारण छैन्,’ मन्त्री श्रेष्ठले भने ।

केपी शर्मा ओलीले चुनावपछि सरकार र १०औं महाधिवेशनपछि पार्टी अध्यक्ष छोड्छु भन्ने बचन दिएकाले अहिलेको पार्टी एकताको बटम लाईननै त्यहीँ भएको मन्त्री श्रेष्ठको भनाई छ । मन्त्री श्रेष्ठले भने ‘जनताले केपी ओलीलाई नै पाँच वर्ष प्रधानमन्त्री हुन् दिएकाले बिचैमा सरकारको झोला फया्केर जान मिल्दैन् ।’

सरकारले मंसिर १४ गते देशभरका स्थानीय तहमा एक अस्पताल शिल्यान्यास गरे स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको उनले बताए ।
‘अब गर्भवती महिलाले घर नजिकैको अस्पतालमा प्रसुती सेवा सक्ने छन्, अन्य विरामीले पनि टाढासम्म उपचारको लागि जानू पर्ने अवस्था आउने छैन,’ मन्त्री श्रेष्ठले भने ।

चाँगुनारायण नगरपालिकाका प्रमुख मिश्रले विगतमा स्वास्थ्य केन्द्र रहेकोमा त्यसलाई विस्तारगरि नगर अस्पताल निर्माण गरिएको बताए । आवश्यक सबै पूर्वाधार निर्माणको काम सकिएकाले अब कर्मचारी व्यवस्थापनपछि नगर अस्पताल सञ्चालनमा आउने उनको भनाई छ । ‘हामीले विज्ञापन गरेका छौं, १७ जना अहिले कार्यरत हुनुहुन्छ, नयाँ कर्मचारी आएपछि करिव पुसको पहिलो साताबाट अस्पताल सुरु हुन्छ,’ नगरप्रमुख मिश्रले भने ।

उनले पहिलो चरणमा यो कोभिड विषेश अस्पताल हुने र कोरोना संक्रमण भएर घरमै बसेका चाँगुनारायणका बासिन्दालाई अस्पताल लानु पर्ने अवस्था आएमा यहिँ उपचार हुने बताए । कोभिड अस्पताललाई आवश्यक पर्ने सामाग्रीको व्यवस्थापन गरी हामी अस्पताल सञ्चालन गर्ने मिश्रले जनाए ।

प्रसुती सेवा, नाक कान घाटी रोग, आँखा, ओपिडीलगायतका सेवा दिने तयारीका साथ नगर अस्पतालको सुरुवात गरिएको हाे । हाल अस्पतालमा १५ सामान्य शैया र अन्य दुई गरी १७ शैया रहेको छ ।

प्रतिक्रिया