२० वर्ष पछि थानकोट जेसिजमा महिला नेतृत्व

काठमाडौं । थानकोट जेसिजले २०२१ का लागि नयाँ नेतृत्व चयन गरेको छ । थानकोट जेसिजको २१ औं शाखा अधिवेशन तथा सधारण सभाले पुर्णिमा थापाको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो ।

सभाबाट थानकोट जेसिज बर्ष २०२० का कानुनी सल्लाहकार रोसन दानीलाई महासचिव पदमा मनोनित गरिएको थानकोट जेसिजका पुर्व अध्यक्ष तथा निर्वाचन अधिकृत पेशल कुमार खतिवडाले बताए । त्यस्तै कोषाध्यक्षमा एलिना महर्जन, कानुनी सल्लाहकारमा सभाबाट मनोनित भएका छन् ।

त्यस्तै कार्यकारी उपाध्यक्षमा बिपना बस्नेत, सावन महर्जन चुनिएका छन् । निर्वाचनले उपाध्यक्षमा भुवन गिरी, विशाल शाही, राउल गोपाली, सुजन महर्जन र निर्वतमान अध्यक्ष मनोज श्रेष्ठलाई चयन गरेको छ ।

कार्यक्रम थानकोट जेसिज २०१८ का अध्यक्ष तथा नेपाल जेसिजका २०१९ का राष्ट्रिय उपाध्यक्ष मोहन लाल डाँगीले निर्वाचित प्रदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै युवाहरुको उर्जावान समय राष्ट्रको हितमा लगाउनु पर्ने बताए ।

थानकोट जेसिजका २०२० का अध्यक्ष मनोज श्रेष्ठले देशको विकास रुपान्तरणमा जेसिज अभियानले पुर्याएको योग्दानको बारेमा चर्चा गर्दै युवाहरुको नेतृत्वदायी भूमिकामा थानकोट जेसिजको भूमिका अतुलनीय रहने बताए । थानकोट जेसिजले २० बर्षको अन्तरालमा दोश्रो महिला नेतृत्वमा पाउन सफल भएको छ ।

प्रतिक्रिया