पेट्रोलियम पदार्थको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको हो ।

मूल्य बढेसँगै पेट्रोलको बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको भाउ भने यथावत राखिएको निगमले जनाएको छ ।

आइओसीले डिसेम्बर एकमा दिएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए ।

प्रतिक्रिया