पछिल्लो कोरोना अपडेट : थप १५ जनाको निधन, नयाँ संक्रमित कति ?

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्युभएसँगै नेपालमा कूल निधन हुनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ ।

यस्तै गत २४ घण्टामा थप ८ सय ९९ जना नयाँ कोरोना संक्रमण थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।

आजको सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७३ रहेको मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५९ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार २ सय पुगेको छ ।

प्रतिक्रिया