कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको पीसीआर परिक्षणमा सिटौलाकाे रिपाेर्ट पाेजेटिभ आएको उनको सचिवालयले जनाएकाे छ । सचिवालयका अनुसार पूर्वमहामन्त्री सिटौलाको स्वास्थ्य अवस्था भने सामान्य छ ।

सिटाैलाले पनि सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी गराएका छन् । ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको Covid-19 को PCR परिक्षणबाट मलाई Positive देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनु भएका सवैले आवस्यकता अनुसार परिक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु,’ उनले लेखेका छन्- ‘ मेरो स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।’

प्रतिक्रिया