भारतमा कोरोना संक्रमित हुनेको संख्या एक करोड पुग्ने चरणमा !

एजेन्सी । विश्वव्यापी कोरोना संक्रमणबाट छिमेकी मुलुक भारतमा थप २९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा मात्रै कोरोना संक्रमितको संख्या एक करोड पुग्न लागेको छ ।

२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ९८ लाख २६ हजार ३१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९३ लाख २१ हजार २४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३९६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४२ हजार ६१८ पुगेको छ ।

प्रतिक्रिया