ब्रेक फेल भएर आधा दर्जन गाडीमा भयङ्कर क्षति, एकको मृत्यु (फाेटाे फिचर सहित)

काठमाडाैं। काठमाडौं चन्द्रागिरी ढुङ्गेअड्डा खड्कुले कालिका पेट्रोल पम्प नजिक भयानक दुर्घटना भएको छ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले हेटौंडाबाट सिमेन्ट बोकेर सुकेधारा आइरहेको प्रदेश–२ ०३–००१ ख १४२० नम्बरको आइचर ट्रकले ढुंगेअड्डा नजिक अन्य सवारीहरूलाई ठक्कर दिँदा दर्जन गाडीमा क्षति पुगेको छ भने, एक जनाको मृत्यु भएको छ ।

आइचर ट्रकले एउटा ट्याक्सी, एउटा पिकअप, एउटा बस, एउटा मोटरसाइकल, एउटा स्कुटर, डिआई र एउटा साइकललाई ठक्कर दिएको हो। ब्रेक फेल भएका कारण अनियन्त्रित भएर ट्रकले अन्य सवारीलाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीका प्रमुख पुरूषोतम कार्कीले बताए।

साइकललाई ठक्कर दिएर ट्रकले बिजुलीको पोलमा समेत ठक्कर दिँदा बिजुलीका सबै तारहरू चुडिँएका थिए ।

ब्रेक फेल ट्रकले च्यापेर ओखलढुंगा घर भई ढुंगेअड्डा सडक पेटिमा बस्ने ३० वर्षीय एकको घटनास्थलमै मृत्यु भएको छ । महानगरीय प्रहरी बृत्त कालिमाटीका डिएसपी अपिल बोहोराका अनुसार मृत्यु हुनेमा ओखलढुङ्गाका अन्दाजी ३० वर्षका शंकर परियार रहेका छन् ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

ट्रक चालक मकवानपुर, राक्सिराङ–२ का ३९ वर्षीय मानबहादुर रखाल घाइते छन्। टाउकोमा चोट लागेका उनको बयोधा अस्पतालमा उपचार भइरहेको एसएसपी सिंहले बताए।

अन्य घाइतेमा रामचन्द्र सिंखडा, विशाल श्रेष्ठ, गणेश शर्मा, सागर खत्री, रञ्जित चौधरी रहेको सिंहले बताए। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको सिंहले बताए।

प्रतिक्रिया