शैक्षिक परामर्श कक्षा सञ्चालनका लागि स्वीकृति दिन शिक्षा मन्त्रालयसँग इक्यानकाे अनुराेध

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले शैक्षिक परामर्श सेवा तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन स्वीकृतिका लागि लागि अनुरोध पत्र बुझाएको छ ।

आज (शुक्रबार) इक्यानका द्वितिय उपाध्यक्ष शेषराज भट्टराईको संयोजकत्वमा महासचिव दिपक राज भुसालसहितको टाेलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख ईमनारायण श्रेष्ठलाई अनुराेध पत्र बुझाएकाे हाे ।

शैक्षिक, खेलकुद, मनाेरञ्जन गतिविधि सुचारू तथा हाेटल, रेष्टुरेन्टहरू समेत सञ्चालनमा आइसकेको अवस्थामा स्वास्थ्य मापदण्ड पुरा गरेर शैक्षिक परामर्श सेवा तथा भाषा प्रशिक्षण कक्षा सञ्चालनका लागि स्वीकृति दिनुपर्ने इक्यानकाे भनाइ छ ।

प्रतिक्रिया