महालक्ष्मी विकास बैंकले ‘कर्पोरेट पे’ प्रणाली सञ्चालन गर्ने

काठमाडाैं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । बैंकले संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी बिहीबार साे सम्झाैत गरेकाे हाे ।

बैंकले व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्ममार्फत् बैंकमा नगई आफैँले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायीक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । कनेक्ट आइपीएस अथवा एनसीएचएल- आइपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिने बैंकले जनाएकाे छ ।

प्रतिक्रिया