सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडाैं । सानिमा बैंकको १६ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरसँगको सहकार्यमा बैंकले मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा रक्तदान कार्यक्रम आयोजना गरेको हाे ।

कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न आवश्यक सुरक्षा नीति अपनाइएको बैंकले जनाएकाे छ ।

२६ गते शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे । सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको प्रमुख निक्षेप व्यवस्थापन टंक मणि बरालले जानकारी दिए ।

प्रतिक्रिया