अस्पतालमा रहेका राप्रपा सांसद लिङ्देनलाई फोन गरेका प्रधानमन्त्रीले के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनलाई फोन गरेका छन् । स्वास्थ्यमा खराबी देखिएपछि अहिले अस्पतालमा रहेका लिङ्देनलाई प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे बुझ्नको लागि फोन गरेका हुन् ।

ओलीको फोन लिङ्देनका छोरा स्वाधीनले उठाएका थिए । स्वाधीनका अनुसार ओलीले समस्याबारे आफूलाई जानकारी दिन आग्रह गरेका थिए । लिङ्देनका स्वकीय सचिव छत्र कडायतकाअनुसार हाल लिङ्देनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

निमोनिया भएको पुष्टि भएपछि झापाको बिएण्डसी अस्पतालबाट सांसद लिङ्देनलाई ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको छ ।

पछिल्लो समय चर्किएको राजावादी आन्दोलनमा समेत सक्रिय रहेका सांसद लिङ्देनले केही दिनअगाडिको प्रदर्शनलाई सम्बोधन गर्दै भनेका थिए, ‘यो त कास्टिङ्ग मात्रै हो ।’

प्रतिक्रिया