सर्वोच्चमा रिट परेसँगै रोकिएको सहसचिव र उपसचिवको दरखास्त सुचारु
२०७७ मंसिर २५ गते

काठमाडौँ । लोक सेवा आयोगले स्थगित सहसचिव र उपसचिव स्तरको दरखास्त सुचारु गरेको छ ।
सर्वोच्च अदालतबाट आयोगका नाममा जारी भएका अल्पकालीन अन्तरिम आदेशबाट पदपूर्ति प्रक्रिया अगाडी बढाउन बाधा नपर्ने गरी फैसला भएका असोज २८ गतेको राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (प्राविधिक/अप्राविधिक) तथा स्वास्थ्य सेवाका नवौँ र एघारौँ तहका पदहरूको बढुवा सूचना लगायत आन्तरिक, खुल्ला तथा समावेशी विज्ञापन भोलि (शुक्रवार)देखि दरखास्त लिइने भएको हो ।
सामान्य प्रशासन मन्त्रालयले पद लुकाएको भन्दै केही कर्मचारीले अदालतमा मुद्दा दायर गरेका थिए । तर अदालतले सहसचिवको बढुवा रोक्ने रिट खारेज गरेको थियो । आयोगका विभिन्न विज्ञापनमा १६ वटा रिट परेका छन् ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977043950″ /]
२०७७ मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित








