नौ महिनापछि नेपाल–भारतबीच उडान सुरू हुँदै
२०७७ मंसिर २५ गते

फाइल फोटो
काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणकाे त्रासका बिच बन्द भएकाे नेपाल-भारत उडान सुरू हुने भएकाे छ ।
भारतमा बढ्दाे संक्रमणका कारण सुचारू हुन नसकेकाे नेपाल-भारत हवाई उडान नाै महिनापछि खुल्न लागेकाे हाे ।
नेपाल र भारतीय नागरिक मात्रै यात्रा गर्न पाउने गरी दुई देशबीच पुनः हवाई सुचारु हुन लागेकाे नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै हवाई उडानकाे अनुमति पाएका छन् ।
एयर इन्डियाले तालिकाको लागि आग्रह गरेपछि नेपालले तालिका दिनेछ । अबकाे एक साताभित्र उडान सुरू हुने जानकारी दिइएकाे छ । सम्भवतः डिसेम्बर १७ देखि उडान हुन सक्ने बताइएकाे छ ।
२०७७ मंसिर २५ गते
प्रतिक्रिया
सम्बन्धित








