मंसिर २८ गते बोलाइयो संवैधानिक परिषदको बैठक

काठमाडौं । संवैधानिक परिषदको बैठक आउँदो मंसिर २८ गते बस्ने भएको छ । ४८ घण्टा अघि नै कार्यसूची र बैठकबारे सदस्यहरूलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज उक्त जानकारी गराइएको हो ।

विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिसका लागि बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।

बैठक आउँदो आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

हाल विभिन्न संवैधानिक निकायमा ४५ पद रिक्त रहेको छ । लामो समयदेखि संवैधानिक परिषदको बैठक नबस्दा रिक्त पदमा सिफारिस हुन सकेको छैन ।

प्रतिक्रिया